Google Flow Music का सहायताले स्टुडियोमा जस्तै सङ्गीत सिर्जना गर्नुहोस्
Google Flow Music ले तपाईंलाई Google का अत्याधुनिक AI म्युजिक मोडेलहरू तुरुन्तै उपलब्ध गराउँछ। चाहे तपाईं पहिलो पटक धुन बनाउँदै हुनुहुन्छ वा बिल्कुलै नयाँ विधा आविष्कार गर्दै हुनुहुन्छ, Google Flow Music ले तपाईंलाई यो प्रक्रियामा मद्दत गर्छ।
प्रम्प्ट दिएर सुरु गर्नुहोस्
एजेन्टमा आधारित सङ्गीत बनाउने सुविधाको मजा लिनुहोस्। लिरिक्स वा सामान्य इन्स्ट्रुमेन्टल ट्र्याकबाट सुरु गर्नुहोस्, त्यसपछि Gemini मा आधारित गहिरो रचनात्मक कन्ट्रोलहरू प्रयोग गरी आफ्नो साउन्ड परिष्कृत गर्दै लैजानुहोस्। कस्टम अडियो इफेक्टहरू लागू गर्न र पूरा गीतहरू जेनेरेट गर्न आफ्ना Producer लाई "बेस अझ तगडा बनाउनुहोस्" वा "अझ धोद्रो स्वरमा गीत गाउनुहोस्" भन्नुहोस्।
अडियो रिमिक्स गर्नुहोस्
आफ्ना ट्र्याकहरू अपलोड गर्नुहोस्, भोकल, भाइब र अन्य कुराहरू परिवर्तन गर्नुहोस्। आफ्नो साउन्ड अझ परिष्कृत बनाउन कभर, बदल्नुहोस् र लम्ब्याउनुहोस् जस्ता सुविधा प्रयोग गरी रिमिक्स गर्नुहोस्।
स्पेसहरू बनाउनुहोस्
स्पेसहरू प्रयोग गरी आफूले कल्पना गरेको जुनसुकै कुरा बनाउनुहोस्। कस्टम अडियो प्लगइन, म्युजिक गेम वा पर्सनलाइज गरिएका DAW हरू बनाउनुहोस्। तपाईंको स्पेस, तपाईंकै कोड। आफ्ना मिनी एपहरू सेयर गर्नुहोस् र समुदायका अन्य सदस्यहरूलाई ती एप प्रयोग गर्न र रिमिक्स गर्न दिनुहोस्।
म्युजिक भिडियोहरू
आफ्ना म्युजिक भिडियोहरू आफैँ निर्देशन गर्नुहोस्। आफ्नो ट्र्याकसँगै आफ्नो साउन्ड पनि जीवन्त बनाउन Veo को नवीनतम भिडियो मोडेल प्रयोग गर्नुहोस्। पात्र, सौन्दर्य र सबै विवरण तपाईंकै नियन्त्रणमा हुन्छन्।
आफूले बनाएका कुरा सेयर गर्नुहोस्
प्लेलिस्ट बनाउनुहोस्, आफ्ना गीतहरू प्रकाशित गर्नुहोस्, आफूलाई मन पर्ने कलाकारहरूलाई फलो गर्नुहोस् र हरेक दिन नयाँ सङ्गीत भेट्टाउनुहोस्। Google Flow Music ले तपाईंको सौन्दर्यबोध याद राख्छ र तपाईंले यसलाई प्रयोग गर्दै जाँदा यसको गुणस्तर अझ राम्रो हुँदै जान्छ। तपाईं जति धेरै कन्टेन्ट बनाउनुहुन्छ यसले तपाईंको व्यक्तिगत साउन्ड त्यति नै धेरै बुझ्छ।
तपाईं आज के बनाउन चाहनुहुन्छ?
प्रयोगका सर्तहरू: https://policies.google.com/terms
गोपनीयता नीति: https://policies.google.com/privacy
गोपनीयतासम्बन्धी सूचना: https://www.flowmusic.app/privacynotice
गीत बनाउनुहोस्, म्युजिक भिडियो निर्देशन गर्नुहोस्, बाजाको भाइब कोड बनाउनुहोस्।
मा अपडेट गरिएको
२०२६ अक्टोबर २६